२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कारबाओ कपः  मिडल्सब्रगसँग चेल्सी पराजित


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 10.8K
    SHARES

  • images
    कारबाओ कपः  मिडल्सब्रगसँग चेल्सी पराजित


    काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १–० गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो । 

    उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै मिडल्सब्रगले पहिला लेगमा जित निकाल्न सफल भयो । अब दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ । उक्त खेलमा कम्तिमा चेल्सीले २–० को जित निकाल्दा मात्रै फाइनल पुग्छ । 

    बराबरी वा हारले भने चेल्सीको फाइनल खेल्ने सपना साकार हुने छैन । उता, मिडल्सब्रगले भने बराबरी वा जितले फाइनल पुग्ने छ । दोस्रो खेल २४ तारिखमा हुने छ । सेमिफाइनल अन्तर्गतकै अर्को खेलमा आज फुलह्याम र लिभपुल खेल्ने छन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend