२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ब्राजिलको प्रशिक्षक बने पुर्व खेलाडी डोरिभल जुनियर


सञ्चार डबली
  • सोमबार, पुस २३ २०८०
  • 9.7K
    SHARES

  • images
    ब्राजिलको प्रशिक्षक बने पुर्व खेलाडी डोरिभल जुनियर

     

    काठमाडौँ । ब्राजिलले पुर्व खेलाडी एवम हाल साओ पाओलो क्लबका प्रशिक्षक डोरिभल जुनियरलाई राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त गरेको छ । ब्राजिलियन फुटबल फेडेरेसनले शुक्रबार मात्र अन्तरिम प्रशिक्षक फेर्नानडो डिनिजलाई बर्खास्त गरेको थियो ।

     ६१ बर्षिय डोरिभल गत अप्रिल देखि साओ पाओलोको प्रशिक्षक रहेका छन् । उनलाई २०२६ को विश्वकप सम्मका लागि प्रशिक्षक नियुक्त गरिएको छ । सन् २००२ देखि प्रशिक्षकको भूमिकामा रहेका डोरिभल ब्राजिलमा अनुभवी प्रशिक्षक मानिन्छन् ।

    ब्राजिलले यस अघि हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका इटालीका कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयस गरेपनि उनले रियल म्याड्रिडमै आफ्नो सम्झौता लम्बाएपछि सो प्रयास असफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend