२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आर्सनललाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा


सञ्चार डबली
  • सोमबार, पुस २३ २०८०
  • 7.7K
    SHARES

  • images
    आर्सनललाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

    सोमबार, २३ पुस २०८०
    लण्डन । आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । खेलको अन्त्यतिर गोल गर्दै लिभरपुल २–० गोलले विजयी बनेको हो ।

    खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु प¥यो । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले काई हाभर्टजले पनि गोलको अवसर गुमाएका थिए ।

    खेलको ८० औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको फ्रिकिकलाई जाकुब किविओरले आफ्नै पोस्टको जाली चुमाएपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । इन्जुरी समयमा डिओगो जोटाको पासमा लुइस डियाजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend