२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित


सञ्चार डबली
  • मंगलबार, पुस १७ २०८०
  • 7.8K
    SHARES

  • images
    इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

    १७ पुस २०८०, मंगलबार

    एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार शानदार जित हासिल गरेको छ । एनफिल्डमा मोहमद सलाहको २ गोलमा लिभरपुलले न्युक्यासललाई ४–२ ले पराजित गरेको हो ।लिभरपुलका लागि कर्टिस जोन्स र कोडी गाक्पोले समान १ गोल गरे । यो जितपछि लिभरपुलले शीर्ष स्थानमा ३ अंकको अग्रता लिएको छ ।

    ४९ औं मिनेटमा सलाहले पहिलो गोल गरे। न्युक्यासलका इसाकले ५४ औं मिनेटमा बराबरी गोल गरे। जोन्सनले ७४ औं र गाक्पोले ७८ औं मिनेटमा गोल गरेपछि लिभरपुलको अग्रता ३-१ बन्यो । ८१ औं मिनेटमा बोटमासले न्युक्यासल लागि गोल फर्काए । खेल सकिन ४ मिनेट अघि सलाहले अर्को गोल गरेपछि लिभरपुलको जित निश्चित बन्यो ।

    न्युक्यासल गोलरक्षक मार्टिन डुब्राभ्काले पहिलो हाफमा सलाहको पेनाल्टी रोकेका थिए । मार्टिन्सले धेरै आक्रमणलाई विफल नपारेको भए हार अन्तर बढि हुने थियो । न्युक्यासलले पछिल्ला८ खेलमा ७ मा पराजय भोगेको छ । २० खेलमा लिभरपुलको ४५ अंक छ । दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी र आर्सनलको‌ समान ४० अंक छ। नवौं स्थानको न्युक्यासलको २९ अंक छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend