२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फुलह्यामसँग आर्सनल स्तब्ध, अर्को खेलमा टोटनहमको जित


सञ्चार डबली
  • सोमबार, पुस १६ २०८०
  • 8.5K
    SHARES

  • images
    फुलह्यामसँग आर्सनल स्तब्ध, अर्को खेलमा टोटनहमको जित

    काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा फुलह्यामले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।आर्सनलले भने तालिकाको शीर्ष स्थानमा जाने मौका गुमाएको छ ।

    फुलहमसँग २–१ को हार बेहोरेपछि आर्सनलले पहिलो स्थानमा उक्लन पाएन पाँचौं मिनेटमा बुकायो साकाले गोल गर्दै खेलमा आर्सनललाई अग्रता दिलाएका थिए । फुलहमले २९औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै खेल बराबरीमा ल्याए । ५९औं मिनेटमा फुलहमका बब्बी रिडले गोल गर्दै खेलमा अग्रता दिलाए । सोही गोल जितका लागि पर्याप्त भयो ।

    अर्को खेलमा टोटेनहम हटस्पर विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहमले बर्नमाउथ माथि ३–१ को जित हासिल गरेको हो । नवौं मिनेटमा पापे सारले जियोभानी लो सेल्सोको पासमा बक्सको भित्रबाट गोल गर्दै खेलमा अग्रता लिएका थिए । गोलकर्ता सारले पहिलो हाफमा नै चोटका कारण मैदान समेत छाडेका थिए ।

    टोटेनहमले दोस्रो गोल गर्न ७१औं मिनेटमा सम्म कुर्नु परेको थियो । लो सेल्सोकै पासमा कप्तान सन ह्युङ–मिनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ८०औं मिनेटमा ब्रेनन जोन्सनको पासमा रिचार्लीसनले गोल गर्दै अग्रता अझै बढाए । ८४औं मिनेटमा बर्नमाउथका लागि एक सान्त्वना गोल फर्काएका थिए ।

    हार पछि आर्सनल २० खेलमा ४० अंकसहित चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक छ । एस्टन भिल्लाको २० खेलमा ४२ अंक नै रहँदा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ खेलमा ४० अंक छ । जित पछि टोटेनहम २० खेलमा ३९ अंक सहित पाँचौं स्थानमा यथावत छ । बर्नमाउथ १९ खेलमा २५ अंक सहित १२औं स्थानमा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend