२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

२५ सय करोड ब्यापार गर्ने पहिलो र एक मात्र सुपरस्टार शाहरूख खान


सञ्चार डबली
  • आइतबार, पुस १५ २०८०
  • 9.6K
    SHARES

  • images
    २५ सय करोड ब्यापार गर्ने पहिलो र एक मात्र सुपरस्टार शाहरूख खान


    काठमाडौं ।  रजनीकान्त, प्रभास, सलमान खान, शाहरुख खान, रणवीर कपुर, रणवीर सिंह र अजित जस्ता ठूला नामका ठूला फिल्मले यो वर्ष बक्स अफिसमा अचम्मको व्यापार गरेका छन् । तर यी मध्ये एक बलिउड अभिनेता छन्, जसले बलिउडमा यस्तो रेकर्ड बनाएका छन्, जुन यसअघि कुनै पनि भारतीय अभिनेताले बनाउन सकेनका थिएनन, सम्भवतः सक्ने पनि छैनन् ।
     
    आजसम्म कुनै पनि बलिउड अभिनेताले यो गर्न सकेका छैनन्, जसको एक वर्षमा रिलिज हुने सबै फिल्मको कुल कलेक्सन १०० करोड, २०० करोड वा ५०० र १००० करोड नभई २५०० करोडभन्दा बढी छ । हो, हामी शाहरुख खानको कुरा गर्दैछौं। उनका तीन फिल्म पठान, जवान र डंकी यसै वर्ष रिलिज भएका थिए र तीनवटै फिल्मले कमाइका हिसाबले कीर्तिमान बनाउन सफल भएको छ ।

     शाहरुखको  ‘डंकी’ हालै प्रभासको ‘सलार’सँगै रिलिज भएको थियो । दुई ठूला फिल्मको बिचमा टक्कर भए पनि शाहरूखको तेस्रो फिल्मले पनि बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । फिल्मले विश्वभर ३ सय २३ करोडभन्दा बढी कमाइ गरिसकेको छ । योसँगै शाहरुख एक वर्षमा सबैभन्दा धेरै कमाउने अभिनेताको सूचीमा पहिलो नम्बरमा परेका छन् ।

     शाहरुखको पहिलो फिल्म ‘पठान’ वर्षको सुरुमा रिलिज भएको थियो । सेनिक वेबसाइटको तथ्यांक अनुसार यश चोपडा प्रोडक्सनको यो स्पाई ब्रह्माण्ड फिल्मले विश्वभर १०४७ करोड कमाएको थियो भने यसपछि शाहरुखले आफ्नो अर्को फिल्म ‘पठान’ बाट टिकट विन्डोमा फेरि हलचल मचाएका थिए । 

    यस पटक उनले आफ्नो पहिलो फिल्मको रेकर्ड तोड्दै ११६० करोड कमाउन सफल भए । हालै रिलिज भएको ‘डंकी’ को पछिल्लो तथ्यांक अनुसार यो फिल्मले ३२३ करोड कमाइसकेको छ ।  चलचित्र हलमा चलिरहेको र फाइनल संकलन अझै हुन बाँकी रहेको छ ।

     अब यी तीन फिल्मको कमाई १०४७ रुपैयाँ, ११६० र ३२३ रुपैयाँ जोड्ने हो भने २५३० करोड रुपैयाँ पुग्छ। यस अनुसार शाहरुख खान पहिलो अभिनेता बनेका छन्, जसको एक वर्षमा सबै फिल्मबाट कमाई २,५०० करोड नाघेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend