२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल सुपर लिगः उपाधिका लागि धनगढी र ललितपुर भिड्दै


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 9.2K
    SHARES

  • images
    नेपाल सुपर लिगः उपाधिका लागि धनगढी र ललितपुर भिड्दै


    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधीका लागि आजसाविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि खेलाइनेछ । लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रनेछ ।

    धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो । उता ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।पहिलो पटक फाइनलमा पुगेको ललितपुर पनि उपाधि होडमा छ । लिगमा उतारचढावपुर्ण यात्रा तय गरेको ललितपुर यो मौकालाई खेर जान दिने पक्षमा छैन ।

    एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend