२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चलचित्र ‘रक्तबीज’ निर्माणको घोषणा


सञ्चार डबली
  • शुक्रबार, पुस १३ २०८०
  • 8.6K
    SHARES

  • images
    चलचित्र ‘रक्तबीज’ निर्माणको घोषणा

    १३ पुस,काठमाडौं । निर्माता संजय न्यौपानेले नयाँ सिनेमा ‘रक्तबीज’को निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै न्यौपानेले सिनेमा निर्माणको घोषणा गरेका हुन् । 

    चलचित्रमा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भूमिका रहनेछ । अभिनेता खरेलले निर्माता न्यौपानेको प्रेम दिवसबाट अभिनयमा डेव्यु गरेका थिए ।

     

    डार्क एक्सन जानरामा निर्माण हुने चलचित्रको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए । 

    संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रलाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । 

    अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्धाजले केही समय अगाडि नै कथा सुनाएको र आफूलाई स्क्रिप्ट र भूमिका मन परेकाले काम गर्न तयार भएको बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend