२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तिम्रो यादमा बोलको गजलमा योगेश काजीको स्वर


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 12.1K
    SHARES

  • तिम्रो यादमा बोलको गजलमा योगेश काजीको स्वर

    काठमाडौं, २४ वैशाख । तिम्रो यादमा बोलको गजलको भिडियो रिलिज गरिएको छ । मनोरथ कटेल नन्दुको शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ । गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ ।

    पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड छन् । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् ।

    अमेरिकामा रहेका गीतकार नन्दुका यसअघि आमा र कहाँ पुगे साथीभाई बोलका दुई वटा गीतहरु बजारमा आइसकेका छन् । गीतकार नन्दुले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन् ।

    भिडियो लिंक : https://youtu.be/IKSHfot5iAg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend