२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पोखरालाई हराउदै ललितपुर सिटी एनएसएलको फाइनलमा


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 10.5K
    SHARES

  • images
    पोखरालाई हराउदै ललितपुर सिटी एनएसएलको फाइनलमा

    काठमाडौँ, १२ पुस । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । विहिबार दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।    

    ललितपुर सिटी एफसीका लागि अतिरिक्त समयको ९९औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए ।

    यसअघि निर्धारित ९० मिनेटको खेलमा पोखरा र ललितपुर १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

    खेलको ४५औ मिनेटमा ललितपुरका इमोह इजेकिएलले गोल गर्दै शुरुवाती अग्रता दिएपनि खेलको ७१औं मिनेटमा पोखराका स्टेफेन कोजोले बराबरी गोल गरेका थिए । यस खेलमा खेलको ३४औं मिनेटमा ललितपुरका निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समित भएको थियो ।

    अब फाइनलमा ललितपुर सिटीले धनगढी एफसीको सामना गर्ने छ । फाइनल खेल शनिबार हुने छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend