२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टेस्ट क्रिकेट: दक्षिण अफ्रीकालाई भारतविरुद्ध पहिलो इनिङमा १६३ रनको अग्रता


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 7.8K
    SHARES

  • images
    टेस्ट क्रिकेट: दक्षिण अफ्रीकालाई भारतविरुद्ध पहिलो इनिङमा १६३ रनको अग्रता

    काठमाडौँ, १२ पुस । दक्षिण अफ्रिकाले भारतविरुद्धको जारी टेस्टको पहिलो इनिंगमा १६३ रनको अग्रता बनाएको छ ।

    टेस्टको तेस्रो दिन दक्षिण अफ्रिकाले पहिलो इनिंगमा ४०८ रन बनाएर अलआउट भएपछि पहिलो इनिंगमा १६३ रनको अग्रता बनाएको हो ।

    दक्षिण अफ्रीकाका लागि डीन एल्गरले सर्बाधिक १८५ रन बनाएका थिए भने मार्को जानसेनले अविजित ८४ रन बनाएका थिए । त्यस्तै डेभिड बेडिंगघमले ५६ तथा टोनी डी जोर्जीले २८ रन बनाएका थिए ।

    त्यसैगरी भारतीय बलर जसप्रित बमराहले सर्बाधिक ४ विकेट लिए भने मोहमद सिराजले २ तथा श्रदुल ठाकुर, प्रसिद्ध कृष्ण र आर आश्विनले एक एक विकेट लिएका थिए ।

    यस अघि पहिलो इनिंगमा २४५ रन बनाएको भारतले अहिले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको छ ।     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend