२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल सुपर लिग दोस्रो क्वालिफायरः आज पोखरा र ललितपुरबीच प्रतिस्पर्धा


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 9.7K
    SHARES

  • images
    नेपाल सुपर लिग दोस्रो क्वालिफायरः आज पोखरा र ललितपुरबीच प्रतिस्पर्धा


    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आज दोस्रो क्वालिफायरको खेल हुँदैछ ।दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटीबीच भिडन्त हुने भएको छ ।  खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँनेछ ।

    पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग पराजित भए पछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

    यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ । यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend