२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन, आगामी दशैंमा रिलिज हुने


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 8.5K
    SHARES

  • images
    ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन, आगामी दशैंमा रिलिज हुने

    काठमाडौँ, ११ पुस । फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

    हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ ।

    यो फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई सुपरस्टार नायकहरूको टिम अप पक्का भएको छ । फिल्ममा नायकद्वय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन् ।

    दया र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ ।

    यो फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने बुझिएको छ ।

    फिल्मका अन्य कलाकारहरूको घोषणा बिस्तारै गरिने निर्माणपक्षले बताएको छ । दिनेश राउतले निर्देशन गर्ने पक्का भएको यो फिल्ममा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले फिल्म ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् ।

    यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । फिल्मको छायांकन आउँदो वर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ ।

    निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend