२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्री महिला टी– २०ः एपीएफको लगातार पाँचौँ जित


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 10.9K
    SHARES

  • images
    प्रधानमन्त्री महिला टी– २०ः एपीएफको लगातार पाँचौँ जित


    काठमाडौं । जारी प्रधानमन्त्री महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौ जित हसिल गरेको हो ।

    एपीएफले दिएको १६१ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै ६८ रन मात्र बनाएको थियो । यस अघि एपीएफले पहिला ब्याटिंग गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो ।

    यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुदै १० अंक हासिल गरेर अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी कर्णाली प्रदेशले लगातार पाँचौं हार बेहोरेको छ ।अब एपीएफले अर्को खेल विहिबार गण्डकी प्रदेशसँग खेल्ने छ भने कर्णालीले अर्को खेल विहिबार नै बागमती प्रदेशसँग खेल्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend