२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इङ्लिस प्रिमियर लिगः बर्नलीमाथि लिभरपुलको सहज जित


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 10.8K
    SHARES

  • images
    इङ्लिस प्रिमियर लिगः बर्नलीमाथि लिभरपुलको सहज जित

     

    काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो।लिभरपुलको जितमा डर्विन नुनेज र डिओगो जोटाले एक एक गोल गरेका थिए।

    १९ खेलमा ४२ अंक रहेको लिभरपुल यो जितपछि लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। यद्यपी एक खेल कम खेलेको आर्सनल १८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरी बर्नलीको भने यस सिजनमा यो १४औं हार हो । १९ खेलमा ११ अंक रहेको बर्नली लिगमा १९औं स्थानमा रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend