२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

काठमाडौं विरुद्ध ललितपुरलाई २ गोलको अग्रता


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 7.1K
    SHARES

  • images
    काठमाडौं विरुद्ध ललितपुरलाई २ गोलको अग्रता

    काठमाडौं – नेपाल सुपर लिग(एनएसएल ) प्लेअफ इलिमिनेटर जारी खेलमा ललितपुर सिटी एफसीले मध्यान्तर सम्म काठमाडौं रेजर्स विरुद्ध २-० को अग्रता बनाएको छ ।

    दशरथ रंगशालामा ललितपुरका लागि इमोह इजिकिएल र पापा केबेले समान एक गोल गरेका हुन् ।

    खेलको दोस्रो मिनेटमा नै ललितपुर द्वय पापा केबे र दिनेश हेन्जनको बक्सको छेउमा वान-टु पछि दिनेशको प्रहार ब्लक भएर बाहिर गयो । चौथो मिनेटमा काठमाडौंका सुशील यादवको क्रस आज पहिलो खेल खेलिरहेका आश्विन घोरासैनीले राम्रो ब्लक गरे ।

    आठौं मिनेटमा ललितपुरका निखिल कदमको क्रस कुलदीप कार्कीले क्लियर गरे ।

    ११औं मिनेटमा ललितपुरका इमोह इजिकिएलले किंगे ओलिभरको खुट्टाबाट बल खोसेर दिनेशका लागि दिएको कटब्याकमा उनले ओपन नेटमा गोल गर्न सकेनन् ।२२औं मिनेटमा निखिलको क्रस आन्द्रेस नियाले क्लियर गरे ।

    ३६औं मिनेटमा भने ललितपुरले खेलमा अग्रता लियो । सनीश श्रेष्ठको क्रस अन्जन राईले क्लियर गरेपछि राजीव लोप्चनको खुट्टामा लागेर पापा केबेका लागि अवसर सिर्जना भयो । तर उनको प्रहार काठमाडौं गोलरक्षक एन्जल श्रेष्ठले बचाएपनि रिबाउन्डमा इमोहले सहजै बललाई गाेलपोस्टमा पठाउँदै आफ्नो टोलीलाई अग्रता दिलाए ।

    ३९औं मिनेटमा काठमाडौँलाई खेलमा बराबरी गर्ने राम्रो फ्रिकिक अवसर आएको थियो तर शोखरुखले सो फ्रिकिक सिधै ललितपुर गोलरक्षक जेफ्री बाल्टुसको हातमा प्रहार गरे ।

    ४४औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्यो । निखिलको कर्नरमा अनन्त तामाङको हेडर कुलदीप कार्कीले क्लियर गरेर बल क्रसबारमा लागेपछि पापाले सहजै गोल गर्न सफल भएका थिए ।

    आजको‌ खेल जित्ने टोलीले फाइनल प्रवेशका पोखरा थन्डर्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ । सोमबार भएको रोमान्चक खेलमा धनगढीसँग टाइब्रेकरमा ४-३ ले पराजित भएपछि पोखराले फेरि खेल्ने अवसर पाउनेछ। धनगढी भने शनिबार हुने फाइनलमा प्रवेश गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend