२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रभासको फिल्म ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.8K
    SHARES

  • images
    प्रभासको फिल्म ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान


    काठमाडौं । बाहुबली पछि प्रभासको ‘सालार’ ब्लकबस्टर सावित भएको छ । बितेका ३ दिनमा सय वा २०० करोड मात्रै नभई ४ सय करोड नाघेको यो फिल्मको विश्वव्यापी कलेक्सन हेर्दा यो कुरा थाहा पाउन सकिन्छ । यति मात्रै होइन, फिल्मले दर्शकको अझै पनि निकै माया पाइरहेको छ । क्रिसमसको बिदामा सालारले ५०० करोडको आँकडा पार गर्छ कि गर्दैन ? त्यो भने हेर्न बाँकी छ । तर हामी तपाईलाई बताउँछौं कि सालारले ३ दिनमा विश्वभर कति कमाई गरेको छ त ?

    रिपोर्टका अनुसार प्रभास र पृथ्वीराज सुकुमारनको सालारको तीन दिनको विश्वव्यापी कलेक्सन ४०२ करोड रुपैयाँ पुगेको छ । जहाँ भारतमा यो कमाई २०९.१ करोड पुगेको छ । पहिलो तीन दिनको कुरा गर्ने हो भने फिल्म सालारले ९०.७ करोडको ओपनिङ गरेको थियो भने दोस्रो दिन ५६.३५ करोड र तेस्रो दिन ६२.०५ करोड कमाइसकेको छ ।

    यसबाहेक प्रशान्त नीलको फिल्मले क्रिसमसको बिदामा २५ हजारभन्दा बढी टिकट बिक्री गरेको खबर छ, जुन रेकर्ड ब्रेकिङ हो । उल्लेखनीय छ कि प्रशान्त नीलको ‘सालार’ हिट हुनुभन्दा पहिले प्रभासका साहो र आदिपुरुष जस्ता फिल्महरु फ्लप भएका थिए । तर, ‘सालार पार्ट १ः सीजफायर’ ले सम्पूर्ण खेल बदलिदिएको छ र बक्स अफिसमा डन्कीलाई पराजित गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend