२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रणवीर र आलियाकी छोरी राहा पहिलो पटक सार्बजनिक


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 11.1K
    SHARES

  • images
    रणवीर र आलियाकी छोरी राहा पहिलो पटक सार्बजनिक

    मुम्बई । बलिवुड अभिनेता रणवीर कपूर र आलिया भट्टले पहिलो पटक छोरी राहालाई मिडियाको अगाडि सार्बजनिक गरेका छन् । रणवीर र आलियाले छोरीसँग सार्बजनिक गरेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    सोमबार रणवीरले पहिला पापाराजीहरुलाई आफूले राहालाई पोज दिन ल्याउने जानकारी दिएपछि उनी र आलिया छोरीसँग पोज खिचाउन पापाराजीको अगाडि आएका थिए । राहालाई देखेपछि पपराजीहरू पनि उत्साहित भएका थिए ।

    रणवीर र आलियाको विवाह १४ अप्रिल २०२२ मा भएको थियो । उनकी छोरी राहाको जन्म नोभेम्बर ६, २०२२ मा भएको थियो । पछिल्लो एक वर्षमा यो जोडीले राहाको कुनै तस्बिर सार्बजनिक गरेका थिएनन् ।

    राहालाई सामाजिक सञ्जालमा देखेपछि फ्यानले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपयले राहा आफ्नो हजुरबुवा अर्थात् रणवीरका बुवा ऋषि कपूरजस्तै देखिएको प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend