२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पोखरा ठण्डर्सलाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 10.8K
    SHARES

  • images
    पोखरा ठण्डर्सलाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा

    काठमाडौँ । धनगढी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । 

    यस सिजनको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा ठण्डर्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि यस खेलमा अतिरिक्त ३० मिनेटमा थप १-१ गोल भएपछि २-२ गोलको बराबरीमा खेल सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

    पोखरा ठण्डर्सले अतिरिक्त समयको पहिलो हाफको १०औं मिनेटमा स्टेफेन कोजोको गोलमा अग्रता लिए पनि खेलको १२०औं मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए ।

    यस अघि खेलको पाँचौं मिनेटमा नै आयुष घलानको गोलमा पोखराले अग्रता बनाएको थियो भने खेलको ५३औं मिनेटमा धनगढी एफसीले देवेन्द्र तामाङको गोलमा बराबरी गर्दै खेलमा फर्किएको थियो ।

    यो जितपछि धनगढी फाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत पोखरा ठण्डर्सले अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । अब पोखराले काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबीचको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ । इलिमिनेटरको खेल मंगलबार हुने छ भने दोस्रो क्वालिफायर विहिबार हुदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुदै छ ।

    ad

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend