२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अल्मेरियासँग बार्सिलोनाको संघर्षपूर्ण जित


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 6.9K
    SHARES

  • images
    अल्मेरियासँग बार्सिलोनाको संघर्षपूर्ण जित

    काठमाडौँ, ५ पुस । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले अल्मेरियालाई ३-२ को कठिन जित निकालेको हो ।

    बार्सिलोनाको लागि सेर्गी रोबेर्टोले २ गोल गरेका थिए भने राफिन्हाले एक गोल गरेका थिए । त्यसैगरी अल्मेरियाका लागि लिओ बाप्टिसटाओ र एडगार गोन्जालेजले एक एक गोल गरेका थिए ।

    यो जितपछि बार्सिलोनाको १८ खेलमा ३८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

    त्यस्तै अल्मेरियाको भने यो यस सिजनमा १३औं हार हो । यो हारपछि अल्मेरियाको १८ खेलमा ५ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend