२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘पर्खी बसेँ तिमीलाई’बाट नयाँ कलाकार डेब्यू गराउँदै दीपक श्रेष्ठ


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 9.3K
    SHARES

  • images
    ‘पर्खी बसेँ तिमीलाई’बाट नयाँ कलाकार डेब्यू गराउँदै दीपक श्रेष्ठ

    काठमाडौं । निर्देशक दीपक श्रेष्ठको नयाँ फिल्म ‘पर्खी बसेँ तिमीलाई’ पुस २७ मा प्रदर्शन हुँदैछ। आज निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको छ।

    निर्देशक श्रेष्ठले ‘पर्खी बसेँ’मार्फत् नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई प्रवेश गराएका थिए। 

    यसपटक उनेल २७औँ चलचित्रको रुपमा ‘पर्खी बसेँ तिमीलाई’ मार्फत् अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गर्दैछन्। ‘यो प्रेम कथानक चलचित्र हो। पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु’, निर्देशक श्रेष्ठले भने। 

    यस फिल्ममा लोकप्रिय गीत ‘कालो चस्मा लाऊ है मैया’ रिमेक गरिएको छ। फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रिमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङगीत रहेको छ। गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन्। 

    फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन छ। 

    यसको छायाङ्कन नेपालसँगै सिक्किमको दृश्यमा गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend