३ पुस २०८०, मंगलबार
इन्डियन प्रिमियर लिग (आईपिएलल) विश्व क्रिकेटको कोशेढुंगा नै हो । आइपिएलको १७ औ संस्करणको अक्सन मंगलबार संयुक्त अरब इमिरियट्स (यूएई)को दुबई सहरस्थित कोला एरेनामा हुनेछ। नेपाली समय अनुसार अपराहन्न १:१५ बजेदेखि सो अडिसन सुरु हुनेछ भने यसको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्स नेटवर्क र जियो सिनेमा एपमा हुने बताइएको छ ।
यस सिजनमा कुल ३ सय ३३ खेलाडीको अक्सन हुन लागेको हो। यसमा ३ सय ३३ भारतीय तथा १ सय १९ विदेशी खेलाडी छन्। यसमा दुई खेलाडी एसोसीएट देशका छन्। ७७ स्थान अब बाँकी छ। यसमा विदेशी खेलाडीका लागि ३० स्थान बाँकी छ। यो क्रिकेट विश्वकपपछि सबै भन्दा लोकप्रिय र चर्चामा रहेको क्रिकेट प्रतियोगिताको रूपमा स्थापित छ।
आइपिएलमा इङ्लिस खेलाडी हेरी ब्रुक, क्रिकस ओक्स र जेम्स भिन्सको बेस प्राइस दुई करोड राखिएको छ। डेभिड वीली, अदिल रसिल, बीन डकेट, जेमी ओभरटन र जेम्स भिन्सको पनि बेस प्राइस दुई करोड रुपैयाँ नै छ। प्राय भारतीय खेलाडी भन्दा विदेशी खेलाडीको बेस प्राइस यस अक्सनमा धेरै छ। दक्षिण अफ्रिकाका रिली रुसा, रसी भान डेर डुसेन र गेराल्ड कोयट्जेको पनि पनि न्युनतम मूल्य दुई करोड रुपैयाँ छ। अस्ट्रेलियाका ट्रेभिस हेडसहित अस्ट्रेलियाका स्टेभन स्मिथ, प्याट कुमीन्स, जोस इङ्लिस, माइकल स्टार्क र जोस हुजलउडको पनि न्युनतम मूल्य दुई करोड छ।
बेस प्राइस दुई करोड रहने अन्य खेलाडीमा भारतका हर्सल पटेल र शार्दूल ठाकुर छन्। यी दुवै बलर हुन्। तथापि ठाकुरको ब्याटिङ पनि धेरै कमजोर छैन। अर्का बलर उमेश यादवको पनि बेस प्राइस दुई करोड नै छ। न्युजील्यान्डका लुक्की फर्गुसनको पनि बेस प्राइस दुई करोड रुपैयाँ छ अफगानिस्तानका स्पिनर मुजीबर रहमान र बङ्गलादेशका अलराउण्डर मसतफिरक रहमानको पनि बेस प्राइस दुई करोड रुपैयाँ छ।
पछिल्लो समयको सबै भन्दा प्रमुख समाचारको पात्र हार्दिक पाण्डे बनेका छन्। पछिल्लो दुई सिजन नै गुजरातलाई सानदार सफलता दिलाएका उनी यस वर्ष आफ्नो पुरानो क्लब मुम्बई मात्र फर्किएनन्। नेतृत्वको अवसरसमेत पाए। मुम्बईमा रहेका अलराउण्डर क्यामरुन ग्रिन यस सिजनमा बंगलोर पुगेका हुन्। ग्रिनले शतकसहित आइपिएलमा सानदार प्रदर्शन गरेका थिए।
एक दिवसीय विश्वकप क्रिकेट र टी–२० विश्वकपको बिचमा हुने यो आइपिएलको अक्सनले धेरै कुराको अर्थ राख्ने छ।


