२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भिल्ला रियलमाथि रियल म्याड्रिडको ४-१ को फराकिलो जित


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 7.8K
    SHARES

  • images
    भिल्ला रियलमाथि रियल म्याड्रिडको ४-१ को फराकिलो जित

    काठमाडौँ, २ पुस । स्पेनिस ला लिगा अन्तर्ग रियल म्याड्रिडले भिल्ला रियलमाथि शानदार जित हासिल गरेको छ ।

    गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    रियल म्याड्रिडको जितमा जुडे बेलिङघम, रोड्रीगो, ब्राहिम डियाज र लुका मोड्रीचले एक एक गोल गरेका थिए । त्यसैगरी भिल्लारियलका लागि जोसे लुइस मोरालेजले एक एक गोल गरेका थिए ।

    यो रियल म्याड्रिडको यस सिजनमा १३औं जित हो । १७ खेलमा ४२ अंक हासिल गर्दै रियल म्याड्रिड लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम खेलेको गिरोना ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी भिल्ला रियलको भने यो यस सिजनको नवौं हार हो । यो हारपछि १७ खेलमा १६ अंक रहेको भिल्ला रियल १४औ स्थानमा रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend