२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इंग्लिस प्रिमियर लिगमा आर्सनल र एस्टन भिल्ला विजयी


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 8.6K
    SHARES

  • images
    इंग्लिस प्रिमियर लिगमा आर्सनल र एस्टन भिल्ला विजयी

    सोमबार, पुस २, २०८०
    एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनल र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले ब्राईटनलाई र भिल्लाले ब्रेन्टफोर्डलाई हराएको छ । आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा ब्राईटनलाई २–० ले हरायो । ग्याब्रिएल जिससले ५३औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । बुकायों साकाको कर्नर ब्राईटनले क्लियर गर्न नसकेपछि फार–पोस्टमा हेडर मार्फत गोल गरेका थिए । अर्को गोल भने आर्सनलले ८७ औं मिनेटमा गरेको थियो । एडी एन्केटियाको पासमा काई हावर्ट्जले गोल गर्दै जित निश्चित गरे । जित पछि आर्सनल १७ खेलमा ३९ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ ।

    यस्तै एस्टन भिल्लाले ब्रेन्टफोर्ड विरुद्ध पुनरागमन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । भिल्लाको जितमा एलेक्स मोरेनो र ओली वाटकिन्सले गोल गरेका हुन् । जित पछि भिल्लाको १७ खेलमा ३८ अंक पुगेको छ । आइतबार राती १०ः१५ बजे हुने खेलमा म्यानचेस्टर युनाइटेड विरुद्ध जित हासिल गर्न सके लिभरपुलले आर्सनललाई उछिन्दै पहिलो स्थानमा पुनः उक्लिने छ ।    

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend