२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 9.0K
    SHARES

  • images
    सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि

    धनगढी, ३० मंसिर । आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ।

    कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गरेको गरेको हो। रोमान्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको हो। धनगढी स्पोर्ट्सको ब्याटिंगमा बसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमरसिंह रौटेलाले २७ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन। 

    लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो। छैठौं विकेटको लागि बसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे। भुवनको विकेट पछि सातौँ विकेटको लागि बसन्तले अमरसिंह रौटेलासँग ४३ रन जोडे। अठारौं ओभरमा अभिषेक कोइरालाले अमरसिंह रौटेलाको विकेट लिंदै सत्यवतीलाई खेलमा फर्काए। लगत्तै ओभरमा तृतराज दासले बसन्त कार्की र दिपक चन्दको विकेट लिए। 

    जितको लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा धनगढी स्पोर्ट्स क्लबसँग १ विकेट बाँकी रहेको थियो। अन्तिम ओभर बलिंग गरेका सन्दिप खत्रीले पहिलो बलमा वाइड र दोश्रो बलमा २ रन दिएपछि तेश्रो बलमा विकास आग्रीको रुपमा धनगढी स्पोर्ट्सले अन्तिम विकेट गुमायो। सत्यवतीको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए जुन ४ ओभरमा १५ रन खर्चिए।

    तृतराज दासले २ तथा फिर्दोश अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले १/१ विकेट लिए। यसअघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेटको क्षतीमा १२६ रन बनायो। सत्यवतीको ब्याटिंगमा पाँचौ नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। तृतराज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का प्रहार गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend