२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हरिवंश आचार्यले ल्याए ‘हिड माया हिड’ (भिडियोसमेत)


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 9.8K
    SHARES

  • images
    हरिवंश आचार्यले ल्याए ‘हिड माया हिड’ (भिडियोसमेत)

    कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। हरिवंशको स्वरमा ‘हिड माया हिड’ बोलको गीत सार्वजनिक भएको छ। 

    माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा हरिवंशकै शब्द र संगीत छ भने स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन्। साहस शाक्यको एरेन्ज रहेको गीतलाई श्यामश्वेत रसाइलीको मिक्सिङ गरेका हुन्। चेलीबेटी बेचबिखनको कथा गीतमा समेटिएको हरिवंशले बताए। यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने उनको भनाइ छ।

    गीतको भिडिओमा हरिवंशसँगै कलाकारहरु प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend