२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एन्फाको विवाद मिलाउने प्रयाशमा पदाधिकारी


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 8.8K
    SHARES

  • images
    एन्फाको विवाद मिलाउने प्रयाशमा पदाधिकारी


    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले राजनीतिक गतिविधिहरुलाई थाँती राखेर फुटबल विकासको लागि अघि बढ्न आवश्यक भएको बताएका छन् । आज एन्फाको कार्यालयमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले अहिलेको तरिकाले फुटबलको विकास सम्भव नभएको भन्दै सबै पदाधिकारीहरुलाई यसमा सक्दो सहयोगका साथ अगाडि बढ्न पनि आग्रह गरेका छन् । 

    उनले भने, ‘फुटबलभित्र कतिपय राजनीतिक कुराहरु हुन्छन् होला तर त्यो सबै कुरालाई थाँती राखेर नेपाली फुटबललाई मैदान राम्रो तरिका अगाडि जानुपर्छ किनभने नेपाली फुटबलको विकासको लागि भनेर नै हामी सबैले राजनीति गरिरहेको हो, राजनीतिक गतिविधिभन्दा पनि यसको विकासको लागि बढि समय खर्च गर्नुपर्छ । अहिलेको तरिकाले यसको विकास सम्भव छैन, त्यसकारण सबै पदाधिकारीहरुलाई यसमा सक्दो सहयोगका साथ अगाडि बढ्नुपर्ने छ । यसको प्रचूर सम्भावना पनि छ ।’

    यस्तै, पत्रकार सम्मेलनमा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले नयाँ सम्झदारी र तरिकाले फुटबललाई लानको लागि मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘फुटबलमा नयाँ सम्झदारी कायम गर्ने, नयाँ तरिकाले फुटबललाई अगाडि लानको लागि मिलेर अगाडि बढ्ने जानकारी गराउनको लागि म उपस्थित भएको छु । महासचिवले फुटबलको क्षेत्रलाई मिलेर अगाडि बढ्ने कुरा गर्नु भएको छ, त्यसलाई आत्मसाथ गरेर हामी यहाँ आएका छौं। यसलाई नै आधार मानेर आउने दिनहरुमा अगाडि बढ्नु पर्छ ।’  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend