२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अष्ट्रेलियाको समुन्द्री तटमा खुलेकी अभिनेत्री स्वस्तिमा खड्का


सञ्चार डबली
  • शुक्रबार, मंसिर २९ २०८०
  • 8.9K
    SHARES

  • images
    अष्ट्रेलियाको समुन्द्री तटमा खुलेकी अभिनेत्री स्वस्तिमा खड्का

    शुक्रवार, मंसिर २९ २०८०
    काठमाडौं - विवाह गरेपछि अभिनेत्रीको करिअर संकटमा पर्छ’ भन्ने भाष्यलाई गलत प्रमाणित गरिदिएकी स्वस्तिमा खड्का अहिले करिअरको हिसाबले आफ्ना समकालिनभन्दा अगाडि देखिएकी छन् । अभिनयमा परिपक्वता र चरित्र निर्माणमा गर्ने मिहिनेतले उनलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा समेत चिनाएको छ । र, उनलाई फिल्मको व्यावसायिक सफलताले पनि राम्रैसँग साथ दिइरहेको छ ।

    यस वर्ष मात्रै उनका दुई फिल्म हिट भैसकेका छन्, ‘पशुपति प्रसाद २ स् भष्मे डन’ र ‘दिमाग खराब’ । दुवैमा उनले जीवन्त रुपमा गरेको अभिनयको चर्चा भयो । गत भदौमा आएको ‘ऐंचो पैंचो’ले भने हिस्सै बनायो । अभिनयको समेत चर्चा भएन । यी तीन फिल्म लगातार प्रदर्शनमा आएकाले स्वस्तिमालाई राम्रै दौडधुप भएको थियो । यसैले यतिबेला उनले अष्ट्रेलियामा थकाई मारिरहेकी छन् ।

    दिमाग खराब’ प्रदर्शनका लागि उनी एक हप्ताअघि श्रीमान् तथा निर्देशक निश्चल बस्नेतको साथमा अष्ट्रेलिया पुगेकी हुन् । फिल्ममा साधारण महिलाको भूमिका निर्वाह गरेकी उनी अष्ट्रेलियाको समुन्द्री तटमा भने ‘हट’ बनेर देखिएकी छन् । अष्ट्रेलियास्थित क्रोनुल्ला बिचमा वान पिस स्विमसूटमा खिचेका तस्वीरहरु उनले इन्स्टाग्राममा सेअर गरेका छन्, जहाँ धेरैले ‘हट’ भन्दै तारिफ गरेका छन् ।

    उनी अष्ट्रेलियाबाट फर्किएपछि ‘दिमाग खराब’ प्रदर्शनकै लागि अमेरिका पनि जान लागेको जानकारी प्राप्त छ । विदेश भ्रमणका लागि उनले तीन महिनाको समय छुट्ट्याएकी छन् । त्यसपछि मात्र नयाँ फिल्म सम्झौता गर्ने उनको तयारी छ । केही मेकर उनको प्रतिक्षामा स्क्रिप्ट बोकेर बसेका छन् । स्वस्तिमाको नामैले फिल्म चल्ने अवस्था नभए पनि उनीप्रति मेकरको विश्वास अद्भुत छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend