मंगलबार, चैत २१, २०७९
काठमाडौं । चलचित्र ‘प्रसाद–२’ तत्काल रिलिज नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले अन्तरिम आदेश जारी गर्दै तत्काल ‘प्रसाद–२’ रिलिज नगर्न आदेश दिएको हो ।
इजलासलबाट विपक्षी बनाइएका चलचित्र विकास बोर्डसहित नौ प्रतिवादीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति, सुलभ थापा प्रोडक्सन, सुलभ थापा, सुभाष थापा, सुदर्शन थापा, सुशील पौडेल, एस जिफिल्म्स र सुदर्शन बस्नेतलाई प्रतिवादी बनाइएको छ ।
चलचित्रका निर्माता केशव पाण्डेले अदालतमा निर्माताहरुबीचको विवाद समाधान नहुँदै चलचित्र रिलिज रोक्न माग गर्दै सोमबार निषेधाज्ञाको रिट दायर गरेका थिए ।
प्रसाद–२’ चैत २४ गतेका लागि रिलिज डेट लिएको चलचित्र हो । हिजो मात्रै निर्माता सुवास थापाले सहज रूपमा चलचित्रको प्रदर्शनमा सहयोग गरिदिन आग्रह गरेका थिए ।

