२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा कुन कुन क्लब पुगे ?


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 9.3K
    SHARES

  • images
    युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा कुन कुन क्लब पुगे ?

    काठमाडौँ, २८ मङ्सिर । यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को समीकरण पुरा भएको छ ।

    समुह चरणका खेलहरु गएराती सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो ।

    राउण्ड १६ मा समुह ए बाट बायर्न म्युनिख र कोपेनहेगन, समुह बि बाट आर्सनल र पीएसभी, समुह सी बाट रियल म्याड्रिड र नापोली, समुह डी बाट रियल सोसियडाड र इन्टर मिलान, समुह ई बाट एथलेटिको म्याड्रिड र लाजियो, समुह एफ बाट डोर्टमण्ड र पिएसजी, समुह जी बाट म्यानचेस्टर सिटी र आरबी लेइपजिंग तथा समुह एचबाट बार्सिलोना र पोर्टो पुगेका छन् ।

    त्यसैगरी सबै समुहबाट तेस्रो भएका क्लबहरु युरोपा लिगमा ट्रान्सफर भएका छन् । जसमा समुह ए बाट गालाटासारे, समुह बी बाट लेन्स, समुह सी बाट ब्रागा, समुह डी बाट बेनिफिका, समुह ई बाट फेयनोर्ड, समुह एफ बाट एसी मिलान, समुह जी बाट योंग ब्य्वाज र समुह एचबाट शख्तर डोनेटस्क रहेका छन् ।

    अब राउण्ड १६ को ड्र डिसेम्बर १८ मा हुने छ भने राउण्ड १६ का खेलहरु फेब्रुअरी र मार्चमा हुने छन् 
      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend