२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

टोपबहादुर रायमाझीका छोरालाई काठमाडौं ल्याईयो, केही बेरमा अदालत लगिँदै


सञ्चार डबली
  • बिहीबार , वैशाख २१ २०८०
  • 8.8K
    SHARES

  • images
    टोपबहादुर रायमाझीका छोरालाई काठमाडौं ल्याईयो, केही बेरमा अदालत लगिँदै


    काठमाडौं, २१ बैशाख । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ ।नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भुमिका खेलेको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दिपलाई आज बिहान काठमाडौं ल्याईएको हो ।

    काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याईएका उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर अनुसन्धानका लागि म्याद लिइनेछ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् ।

     हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।आठ सय ७५ युवासँग रकम उठाएको आरोपमा मुछिए पछि  सन्दिपका पीता टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend