२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 8.5K
    SHARES

  • images
    एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म
     
    काठमाडौं ।  रणवीर कपुर र बबी देओलको ‘एनिमल’ ले बक्स अफिस हल्लाइरहेको छ । रिलिज भएको १० दिन बितिसक्दा पनि दर्शकमा यो चलचित्रको क्रेज उत्तिकै छ र हलहरु दर्शकले खचाखच भरिएका छन् ।यस्तो अवस्थामा ‘एनिमल’ले दिनहुँ कैयौं फिल्मको रेकर्ड तोड्दै टिकट विन्डोमा पनि ठूलो कलेक्सन गरिरहेको छ । आउनुहोस् जानौं फिल्मले रिलिजको १० औं दिनमा कति करोड कमाएको छ ?

     

    एक्शन, क्राइम, इन्टिमेसी, इमोशन र रोमान्स लगायतका मनोरञ्जनात्मक मसालाले भरिएको ‘एनिमल’ ले रिलिजको पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ र रिलिज भएको १० दिन बितिसक्दा पनि यो रोकिएको छैन । ‘एनिमल’ ले रिलिजको पहिलो हप्तामा ३३७.५८ करोडको ठूलो कलेक्सन गरेको थियो । फिल्मले दोस्रो हप्तामा पनि राम्रो व्यापार गरिरहेको छ ।

    ‘एनिमल’ लाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् । फिल्ममा रणवीर कपुरका अलावा रश्मिका मन्डन्ना, बबी देओल, अनिल कपुर र तृप्ति डिमरीको पनि महत्वपूर्ण भूमिका छ । यो फिल्म डिसेम्बर १ मा हलमा रिलिज भएको थियो ।

    फिल्मले दोस्रो शुक्रबार २२.९५ करोड कमाएको थियो भने दोस्रो शनिबार फिल्मको कमाई ५१.३७ प्रतिशतले बढेको थियो भने ‘एनिमल’ले ३४.७४ करोड कमाएको थियो । अब फिल्म रिलिजको दशौं दिन अर्थात् दोस्रो आइतबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

    सकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘एनिमल’ ले रिलिजको १० औं दिन अर्थात् दोस्रो आइतबार ३७ करोड कमाएको छ । योसँगै एनिमलको रिलिजको १० दिनको कमाई ४२७ करोड पुगेको छ । र, ‘एनिमल’ दशौं दिनमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म बनेको छ । ‘एनिमल’ ले रिलिजको १० औं दिनमा ३७ करोड भारु कलेक्सन गरेको छ ।

     योसँगै यो फिल्म दशौं दिनमा सबैभन्दा बढी कलेक्सन गर्ने दोस्रो फिल्म बनेको छ । यो फिल्मले दशौं दिनको कमाईमा धेरै फिल्मलाई पछि पारेको छ । सकनिल्कको रिपोर्ट अनुसार दशौं दिनमा सबैभन्दा धेरै कलेक्शन गर्ने फिल्मको कीर्तिमान तोड्दै ‘एनिमल’ दोस्रो स्थानमा पुगेको हो।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend