२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यू-१९ एशिया कप: नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 8.2K
    SHARES

  • images
    यू-१९ एशिया कप: नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

    काठमाडौँ, २४ मङ्सिर । एसीसी यू-१९ एशिया कपमा नेपालको सेमिफाइनलको सम्भावना समाप्त भएको छ । समुह ए अन्तर्गत आज सम्पन्न खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेपछि नेपालको सेमिफाइनलको सम्भावना सकिएको हो ।

    अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४०.१ ओभरमा अल आउट हुदै १८८ रन बनाएको थियो ।

    नेपालका लागि अर्जुन कुमालले सर्बाधिक ९१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ नदिदा नेपाल पराजित भएको थियो ।  यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले जमशिद जद्रानको १०६ रनको शतकीय पारीसँगै २६१ रन बनाएको थियो ।

    समुह ए मा यो नेपालको लगातार दोस्रो हार हो । यस अघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल भारतसँग मंगलबार खेल्ने तालिका रहेको छ ।

    त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको अफगानिस्तानले भने यो खेल जितेर सेमिफाइनलको सम्भावनालाई कायमै राखेको छ । अब अफगानिस्तानले मंगलबार पाकिस्तानको सामना गर्ने छ ।
      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend