२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

क्रिस्टल प्यालेसमाथि लिभरपुलको रोमाञ्चक जित


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 7.8K
    SHARES

  • images
    क्रिस्टल प्यालेसमाथि लिभरपुलको रोमाञ्चक जित

    काठमाडौँ, २३ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

    शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको लिभरपुलले खेलमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो ।

    लिभरपुलको जितमा खेलको ७६औं मिनेटमा मोहमद सलाह र खेलको ९१औ मिनेटमा हार्भी एल्लीओटले एक एक गोल गरेका थिए ।

    यसअघि खेलको ५७औं मिनेटमा जीन फिलिप माटेटाले पेनाल्टी मार्फत गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । यस खेलमा खेलको ७५औं मिनेटमा क्रिस्टल प्यालेसका जोर्डन आएवले रातो कार्ड पाएपछि प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।

    यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको १६ खेलमा ३७ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको आर्सनल १५ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

    त्यस्तै क्रिस्टल प्यालेसको भने १६ खेलमा १६ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

    download (2).jpg


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend