२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चलचित्र निर्माता राई भूकम्पपीडितको सेवामा


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 9.0K
    SHARES

  • images
    चलचित्र निर्माता राई भूकम्पपीडितको सेवामा

    काठमाडौं, २३ मसिर । चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन्। 

    बढ्दै गएको चिसोले सो क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई जाजरकोट पुगेका हुन्। 

    अनुग्रह फाउडेशनका संस्थापक अध्यक्ष तथा फिल्म 'गोर्खा वारियर'का निर्मातासमेत रहेका राईले जाजरकोट भूकम्पपीडितलाई ५५ परिवार लाई टेण्ट सामग्री र नगद प्रदान गरेका छन्। 

    समाजसेवा गर्न रूचाउने राई स्वयम् आफैँ उपस्थित भई जाजरकोट, नलगाड नगरपालिका ४ र ५ र बारेकोट-९, सक्ला पुगेका थिए। उनले भूकम्पको मारमा परेका पीडित जाजरकोट बासीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

    राईले यसअघि विभिन्न ठाउँमा समाज सेवामार्फत शिक्षा र सिनियर सिटीजनका लागी अनुग्रह फाउडेशनमार्फत सहयोग गर्दै आइरहेका छन्। 

    निर्माता राईका साथमा गोर्खा वारियरका निर्देशक मिलन चाम्स पनि जाजरकोट पुगेका थिए।

     गत १७ कात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो।

    newskarkahna-news602001..jpg
    newskarkahna-news602003..jpg

    newskarkahna-news602002..jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend