२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनएसएल: वीरगन्ज युनाइटेड र झापाबीचको खेल गोलरहित बराबरीमा


सञ्चार डबली
  • शुक्रबार, मंसिर २२ २०८०
  • 9.2K
    SHARES

  • images
    एनएसएल: वीरगन्ज युनाइटेड र झापाबीचको खेल गोलरहित बराबरीमा

    काठमाडौँ, २२ मङ्सिर । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत वीरगन्ज युनाइटेड एफसी र झापा एफसीबीचको खेल बराबरीमा रोकिएको छ ।

    दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा वीरगन्ज युनाइटेड र झापा गोलरहित बराबरीमा रोकिएको हो । बराबरीपछि दुवै टिमले एक एक अंक बाँडेका छन् ।

    यो बराबरीपछि झापा एफसी र वीरगन्ज युनाइटेड अझै जित विहिन भएका छन् । झापाको ४ खेलमा ३ अंक भएको छ भने वीरगन्ज युनाइटेडको ४ खेलमा २ अंक भएको छ ।

    अब एनएसएल अन्तर्गत शनिबार दुई खेल हुने छन् । शनिबार पहिलो खेल काठमाडौँ रेजर्स र बुटवल लुम्बिनी एफसीबीच हुने छ भने दोस्रो खेल धनगढी एफसी र स्पोर्टिंग इलामबीच हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend