२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यू-१९ एसिया कपः नेपाल पाकिस्तानसँग भिड्दै


सञ्चार डबली
  • शुक्रबार, मंसिर २२ २०८०
  • 8.2K
    SHARES

  • images
    यू-१९ एसिया कपः नेपाल पाकिस्तानसँग भिड्दै

    २२ मंसिर २०८०, शुक्रबार

    काठमाडौं – आजदेखि एसिसी यू-१९ एसिया कप संयुक्त अरब इमिरियट्स (युएई)मा सुरु हुँदैछ। शुक्रबार नेपालको युवा टिमले पाकिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ।

    समूह ‘ए’मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दैछ। दोस्रो चरणमा प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ। नेपालका लागि शुक्रबार बिहान ११:१५ बजे सुरु हुने पाकिस्तान विरुद्धको खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ। समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।

    दोस्रो चरण प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीले एसिया कपको उपाधिको सपना देखेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्।

    नेपालको युवा टोलीले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप उपाधि जितेर एसिया कपमा स्थान बनाएको हो। एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू-१९ विश्वकप तयारीको रूपमा लिइएको छ। नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ।

    यू-१९ नेपाली टोली
    देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend