२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एस्टन भिल्लासँग म्यानचेस्टर सिटीको लज्जास्पद हार

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको सहज जित


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 7.6K
    SHARES

  • images
    एस्टन भिल्लासँग म्यानचेस्टर सिटीको लज्जास्पद हार

    सञ्चारडवली
    २०८० मङ्सिर २१ बिहीबार
    काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।

    एस्टन भिल्लाको जितमा खेलको ७४औं मिनेटमा लिओन बेलीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि एस्टन भिल्ला लिगमा तेस्रो स्थानमा उक्लिएको छ । १५ खेलमा ३२ अंक रहेको भिल्लाले सिटीलाई उछिन्दै लिगमा तेस्रो स्थानमा उक्लिएको हो । त्यसैगरी यो हारपछि सिटीको १५ खेलमा ३० अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।

    त्यसैगरी गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा दुवै गोल स्कट म्याक टोमिनीले गरेका थिए । उनले खेलको १९औं र ६९औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी चेल्सीका लागि एक गोल कोल पाल्मरले गरेका थिए ।

    यो जितपछि म्यानचेस्टर युनाइटेडको १५ खेलमा २७ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी चेल्सीको भने यो यस सिजनमा छैटौं हार हो । १५ खेलमा १९ अंक रहेको चेल्सी अहिले लिगमा १०औं स्थानमा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend