२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दोस्रो नेर्पा भुलभुले कप हुने


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 7.5K
    SHARES

  • images
    दोस्रो नेर्पा भुलभुले कप हुने

    दिक्तेल । नेर्पा स्पोर्टस क्लब, दिक्तेल, खोटाङको आयोजनामा आउँदो पौष २३ गतेदेखि दोस्रो नेर्पा भुलभुले कप अन्तर वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । नेर्पा स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजक क्लबले जानकारी दियो ।

    प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनमा पराजित हुने दुई टोलीलाई पनि जनही २५–२५ हजार नगद सान्त्वना पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    खोटाङ जिल्ला फुटबल संघको प्राविधिक र विशेष सहयोग रहने प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend