२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 10.4K
    SHARES

  • images
    सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते

    मुम्बइ, १८ मंशिर । अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । 

    हाल अजय आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’ को सुटिङमा व्यस्त छन् । हालै फिल्मको पोस्टर सेयर गर्दै अभिनेताले फ्यानलाई फिल्ममा उनको एक्शनले भरिपूर्ण अवतारको झलक दिएका छन् । यी सबैको बीचमा अजय देवगनसँग जोडिएको ठूलो खबर आएको छ । वास्तवमा, यो फिल्मको एक दृश्य शूट गर्दा अभिनेता घाइते भएको बताइएको छ।

    मिड डेको रिपोर्टका अनुसार अजय देवगन रोहित शेट्टी र उनको टोलीसँग विलेपार्लेमा सुटिङ गरिरहेका थिए । अजय देवगन एक लडाईको दृश्यको सुटिङ गरिरहेका थिए, जब अनायासै एक प्रहार अभिनेताको अनुहारमा लाग्यो, उनको आँखामा चोट लाग्यो।

    रिपोर्टका अनुसार चोट लागेपछि अजय देवगनले केही घन्टा ब्रेक लिए र डाक्टरले उपचार गरे । यस क्रममा रोहितले आफ्नो काम प्रभावित हुन दिएनन् र बाँकी दृश्यको सुटिङ जारी राखे । पछि अजय अलिकति निको भएपछि उनले फेरि सुटिङ गर्न थाले।

    रोहित शेट्टीको आगामी फिल्म  ‘सिंघम अगेन’ सिंघम फ्रन्चाइजीको तेस्रो किस्ता हो। फिल्ममा अजय देवगन मुख्य भूमिकामा छन् । फिल्ममा अक्षय कुमार, करीना कपूर खान, दीपिका पादुकोण र रणवीर सिंह पनि मुख्य भूमिकामा देखिने छन् । 

    यिनीहरू बाहेक शिल्पा शेट्टी डीसीपी अञ्जली शेट्टीको भूमिकामा र टाइगर श्राफ ‘सिंघम अगेन’ मा एसीपी सत्य पाण्डेको भूमिकामा देखिनेछन् । यति मात्र होइन, ‘सिंघम अगेन’ मा सोनू सूद, प्रकाश राज, फरदीन खान, ज्याकी श्राफ, रणवीर सिंह र सिद्धार्थ जाधव पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend