२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिल्म भुलभुलैया सिक्वेल–३ मा कार्तिक आर्यन कन्फर्म


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 10.1K
    SHARES

  • images
    फिल्म भुलभुलैया सिक्वेल–३ मा कार्तिक आर्यन कन्फर्म


    काठमाडौं । अक्षय कुमार र विद्या बालन अभिनित हरर कमेडी फिल्म ‘भुल भुलैया’ को अत्याधिक सफलतापछि गत वर्ष रिलिज भएको फिल्म ‘भुल भुलैया २’ को सिक्वेल रिलिज भएको थियो, जसलाई दर्शकले निकै माया पाएका थिए । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्यो र धेरै मन पराएको थियो। फिल्ममा कार्तिक आर्यन, तब्बु र कियारा आडवाणी देखिएका थिए ।

    योसँगै यो फिल्मको तेस्रो फ्रेन्चाइज अर्थात् ‘भूल भुलैया ३’ को तयारी पनि तीव्र रुपमा भइरहेको छ, जसलाई लिएर फ्यानहरु पनि निकै उत्साहित छन् ।सैबीच, चलचित्रको कलाकारको बारेमा ठूलो अपडेट आएको छ। तेश्रो पार्टमा को को देखिनेछन् र कसले फिल्मलाई रिजेक्ट गरेका छन् त ? बाहिर आएको अपडेटका अनुसार फिल्मको पहिलो भागबाट धेरै क्यारेक्टर देख्न सकिन्छ तर तेस्रो भागमा नदेखिने धेरै क्यारेक्टर छन् ।

    बाहिरिएको जानकारी अनुसार ‘भुल भुलैया ३’ को स्क्रिप्ट फाइनल भइसकेपछि अब फिल्ममा देखिने कलाकार छनोट गरिने भएको छ । रिपोर्टका अनुसार कार्तिक आर्यनले ‘भूल भुलैया २’ मा ‘रुह बाबा’ को भूमिका निभाएका थिए, जसलाई निकै मन पराइएको थियो । योसँगै ‘भूल भुलैया ३’ मा ‘रुह बाबा’ अर्थात कार्तिक आर्यन मुख्य भूमिकामा देखिने पक्का भएको छ ।

    यसबाहेक फिल्ममा अन्य कलाकार देखिने वा नआउने भन्ने टुंगो भने भइसकेको छैन । फिल्ममा अक्षय पनि देखिन सक्ने बताइएको छ तर यो दोस्रो भागको लागि पनि भनिएको थियो, जसमा उनी देखिएनन् ।

    भर्खरै आएको खबर अनुसार ‘भुल भुलैया २’ मा मञ्जुलिकाको भूमिका निर्वाह गरेकी तब्बुले ‘भुल भुलैया ३’ को अफर अस्वीकार गरेकी छिन् । यो फिल्मका लागि अभिनेत्रीलाई ठूलो रकमको अफर आएको पनि बताइएको छ तर तब्बुले फिल्म अस्वीकार गरिन् । तर, उनको भूमिकालाई लिएर फ्यानहरु उत्साहित थिए । भनिन्छ कि तब्बु एउटै चरित्र दोहोर्याउन चाहँदैनन्। फिल्ममा को नायिका रहने र को नरहने भन्ने कुरा भने अहिलेसम्म खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend