२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘हात्तीछाप’को टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडी


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 10.4K
    SHARES

  • images
    ‘हात्तीछाप’को टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडी

    काठमाडौं, १७ मंशिर । नायकद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ फिल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ ।

    फिल्म ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको फिल्ममा दया र सौगात एकसाथ देखिन लागेका हुन् ।  

    यो टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । टिजरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा)को अभिनय छ ।

    टिजरमा दया र उपासनाको प्रेम, सौगातको राजा अवतारलाई देखाइएको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ ।

    यो फिल्म माघको २६ गतेबाट रिलिजमा आउँदैछ । फिल्मले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षले बताएको छ ।

    रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । फिल्ममा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्मलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो फिल्मलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।  

    यो बर्ष रिलिज हुन बाँकी रहेका केही फिल्ममध्ये ‘हात्तीछाप’ले बक्स अफिसमा सुखद कमाई गर्ने विश्लेषण हुँदै आएको छ । 

    भिडियो - 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend