२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनिमल क्रेजः बिहान ५ बजेदेखि राती २ बजेसम्म शो चलाइयो


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 8.4K
    SHARES

  • images
    एनिमल क्रेजः बिहान ५ बजेदेखि राती २ बजेसम्म शो चलाइयो


    काठमाडौं । रणवीर कपुरको फिल्म एनिमलले उनका फ्यानलाई सताइरहेको छ । सन्दीप रेड्डी वाङ्गाको यो हिंसात्मक फिल्मले दर्शकबाट अत्याधिक प्रतिक्रिया पाइरहेको छ । हलका सबै शो हाउसफुल भइरहेका छन् ।

    यो फिल्मले बक्स अफिसमा यति राम्रो व्यापार गरिरहेको छ कि अहिले टिकटको अभाव हुन थालेको छ । हो, मुम्बईमा एनिमलको अवस्था यस्तो छ कि थिएटरहरूमा चलचित्र टिकटको अभाव भएको छ। जसका कारण थिएटर मालिकहरूले अहिले मध्यरात र बिहानी शोका लागि बुकिङ खोलेका छन् ।

    अब मुम्बईको थिएटरमा ‘एनिमल’ को शो बिहान १ बजे, २ बजेसम्म र त्यसपछि ५ः३० बजेदेखि सुरु हुनेछन् । यसको मतलब यो हो कि एनिमलका शोहरू थिएटरहरूमा २४ घन्टा नै चलिरहेका छन् ।फिल्मको कलेक्शनको कुरा गर्ने हो भने फिल्मले पहिलो दिन विश्वभर १ सय १६ करोड कमाएर बक्स अफिसको सम्पूर्ण प्रणालीलाई हल्लाएको छ ।

    घरेलु बक्स अफिसमा फिल्मले पहिलो दिन ६३.८ करोड र दोस्रो दिन ६६ करोड कमाएको थियो । यी दुई दिनमा एनिमलको कुल कलेक्सन १२९.८० करोड रुपैयाँ भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend