२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

“गैर आवासीय नेपाली तारा-२०२३” (चौथो सस्करण) को पहिलो अडिसनबाट ४१ प्रतिस्पर्धीले खोले दोस्रो चरणको ढोका ।।


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 10.8K
    SHARES

  • images
    “गैर आवासीय नेपाली तारा-२०२३” (चौथो सस्करण) को पहिलो अडिसनबाट ४१ प्रतिस्पर्धीले खोले दोस्रो चरणको ढोका ।।

    २०८०, मंसिर १६गते

    दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु गुरुङ समाज कतारले संयुक्त रुपमा आयोजना गरेको “गैरआवासीय नेपाली तारा-२०२३” (चौथो संस्करण) को गायन तथा नृत्य बिधामा शुक्रबार भएको पहिलो अडिसनबाट ४१ जना प्रतिस्पर्धी दोस्रो चरणको लागि छनौट भएका छन ।

    सनैयाको फुलबारी रेस्टुरेन्टको सभा हलमा भएको कार्यक्रममा गत नोभेम्बर १ देखी कतारको समय अनुसार नोभेम्बर २९ तारिक राती १० बजेसम्म खुल्ला गरिएको डिजिटल अडिसनबाट छनौट भएका ६८ जना मध्य ४७ जना गायन र २१ जनाले नृत्य बिधामा प्रतिस्पर्धा गरेका थिए भने गायनबाट २७ नृत्यबाट १४ गरि ४१ जनाले पहिलो चरण पार गरि दोस्रो चरणको लागि आफ्नो स्थान पक्का गरेका हुन ।

    औपचारिक उद्घाटन र साँङ्गीतिक कार्यक्रम गरि दुई चरणमा संचालन गरिएको कार्यक्रम पहिलो सत्रमा पानसमा बत्ति बाली राष्ट्रिय गान बजाएर सुरु भएको थियो । औपचारिक रुपमा कार्यक्रम सुरु भएसङ्गै साँस्कृतिक संयोजक विवेक पुलामी मगरले स्वागत मन्तव्य राखेका थिए, साथै सम्पुर्ण संघ संस्थाको तर्फबाट गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल, पर्यवेक्षक कमलमणि गुरागाई, क्रान्ति सिंह र कार्यक्रमको अतिथि निर्णायक रहेका गैरआवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङलाई आफ्नो मन्तव्य राखेका थिए ।

    कार्यक्रममा बोल्ने क्रममै नेपाली राजदुतावासका प्रथम सचिव कृष्ण क्षेत्रीले नेपाली जहाँ पुगेपनि नेपालको मौलिकताले चिनाउने गरेमा आफू अत्यन्त खुशी भएको बताए । उनले मौलिकतामा नेपाली गीतसंगीत अग्र पङ्क्तिमा आउने भएकोले आगामी कार्यक्रमहरुमा विभिन्न मात्रृभाषाका गीत सङ्गीतलाई पनि समेट्दै अगाडि बढ्न आयोजक परिवारलाई सुझाव दिदै नेपालमा भुल्दै गएको आफ्नो कला संस्कृतिलाई बचाउन उल्लेखनीय योगदान दिने सम्पुर्ण प्रवासी नेपालीहरु प्रती धन्यवाद दिएका छन।

    कार्यक्रममा एनसीसी कतारका अध्यक्ष एवंम कार्यक्रम संयोजक रमेश भट्टले कार्यक्रम सफलता पुर्वक सम्पन्न हुनेमा आफू ढुक्क रहेको बताउदै सहभागी प्रतिस्पर्धी सबैलाई सफलताको शुभकामना दिदै उद्घाटन सत्र कार्यक्रमको समापन गरेका थिए भने सहजीकरण एनसीसी महासचिव रबिन मगरले गरेका थिए । कार्यक्रमको मुख्य भाग अर्थात प्रतिस्पर्धीहरुको प्रस्तुति रहेको साँङ्गीतिक कार्यक्रमको जिम्मेवारी एनसीसी कतारका सचिब रोशन अर्याल र तमु गुरुङ समाजका महासचिव डिजन गुरुङले सम्हालेका थिए । कार्यक्रममा डिजिटल अडिसनबाट छनौट भएर आएका ६८ जना मध्य ४९ जनाले सहभागीता जनाउदै आ-आफ्नो प्रस्तुतिहरु राखेका थिए ।

    368575974_363852122808438_5668199819832320605_n.jpg
    undefined

    जस अन्तर्गत गायनतर्फ दोस्रो चरण प्रवेश गर्न सफल सहभागीहरु अनमोल श्रेष्ठ, उत्तम राई, अक्षय लिम्बु, अनमोल ढकाल, भीम कार्की, अशोक गुरुङ, बनिता राई, बुद्धसिंह लिम्बु , गौतम सामी लिम्बु, हरिचन्द्र नेपाली, ईशान रेग्मी, जोन वि.क, किरण वि।क, क्षितिज तामाङ, मानसिङ परियार, रेश्मी वि.क, सरला तामाङ, सुजन गुरुङ, सुरज केसी, रुष्तम तामाङ, असलमान राई ,प्रविन प्रधान, बद्री देवकोटा, मालती लामा, दीपक घले, एन्जल कुलुङ र राजकुमार मगर छन भने नृत्य विधातर्फ झरना राई, सौजन चहार, अमित राई, दिया सिंह, रितु श्रेष्ठ, जीवन राई, निरु श्रेष्ठ, शर्मिला घर्ती, सविना राई, जुनु माया कुमाल, सरोज लामा, सुनिता शेर्पा, रेखा मगर, ललिता लामा दोस्रो चरणको लागि छनौट भएका छन । 

    सन २००८ बाट सुरु भएको यो साँङ्गीतिक कार्यक्रम २०२३ सम्म आइपुग्दा ३ वटा सिजन सफलता पुर्वक सम्पन्न गरिसकेको र कला गला भएका प्रवासी कलाकारलाई धेर थोर हौसला र प्रोत्साहन मिलेको तमु गुरुङ समाजकी अध्यक्ष टौमाया गुरुङले बताएकी छिन।

    गायनतर्फ मंगल बि.क, बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ नृत्यतर्फ भबिन तामाङ,जनक लाफा मगर र भिमप्रसाद गुरुङ निर्णायकको भुमिकामा रहेको यो सिजनको दोस्रो अडिसन आगामी डिसेम्बर २२ तारिक हुने र छनौट भएका प्रतिस्पर्धीहरुले आफुले प्रस्तुत गर्ने गीत तथा म्युजिक ट्र्याक डिसेम्बर १५ तारिक सम्म आयोजक टिमलाई उपलब्ध गराइसक्नु पर्ने पनि जानकारी गराएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend