२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइपिएलको मिनी अक्सनमा नेपालका सहित ११ सय ६६ खेलाडी दर्ता


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 7.9K
    SHARES

  • images
    आइपिएलको मिनी अक्सनमा नेपालका सहित ११ सय ६६ खेलाडी दर्ता

    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को आउदो सिजनको अक्सनका लागि ११ सय ६६ खेलाडीले नाम दर्ता गराएका छन् ।  आगामी डिसेम्बर १९ मा दुबईमा हुने आइपिएलको मिनी अक्सनका लागि ८३० भारतीय, ३३६ विदेशी तथा सोसिएट देशका ४५ खेलाडीले आफ्नो नाम दर्ता गराएका हुन् ।

    एसोसिएट देशबाट नेपालसहित नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, युएई र अमेरिकाका खेलाडीले नाम दर्ता गरेका छन् । एसोसियट्स देशबाट ४५ खेलाडीको नाम दर्ता भएको बताइएपनि कुन कुन खेलाडी भन्ने स्पष्ट भएको छैन ।

    आइपिएल गभार्निंग काउन्सिलले दर्ता भएका खेलाडीको नाम सार्बजनिक गरेको छैन ।  आइपिएलको अक्सनमा जानु अघि दर्ता भएका खेलाडीलाई शर्ट लिष्ट गर्ने बताइएको छ ।

    यसपटक नेपालबाट सन्दीप लामिछाने, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी लगायतका खेलाडीको नमा दर्ता भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालबाट अहिलेसम्म सन्दीप बाहेक अन्य खेलाडीले आइपिएल खेल्ने अवसर पाएका छैनन् । 

    यस पटकको मिनी अक्सनमा ३० विदेशी खेलाडीसहित कुल ७७ खेलाडी मात्र अक्सनबाट छानिने छन् ।

    यस पटकको अक्सनमा अधिकतम २ करोड भारु मुल्य राख्ने खेलाडीमा मिचेल स्टार्क, जोश हेजलवुड, स्टिभ स्मिथ, प्याट कमिन्स, हर्षल पटेल, शार्दुल ठाकुर, उमेश यादव, केदार जाधव, ट्रविस हेड, जोश इंग्लिस, लोकी फर्गुसन, जेराल्ड कोट्जी, राइली रोसोउ र रास्सी भान डर डुसेन लगायत रहेका छन् ।

    त्यसैगरी हालै सम्पन्न विश्वकप २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्डका अलराउन्डर् रचिन रविन्द्रले ५० लाख भारु मूल्य राखेका छन् । रविन्द्रमाथि यस पटक आइपिएलमा उच्च बोलि लाग्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend