२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम ल्याउने– गोपालकृष्ण घिमिरे


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 8.6K
    SHARES

  • images
     तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम ल्याउने– गोपालकृष्ण घिमिरे



    काठमाडौं, १९ वैशाख । नेपाल बार एसोसियसन अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।  प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आन्दोनमा उत्रिएको बारले आज तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ । सोही क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्त नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् । 

     लामो समयदेखि सर्वोच्च अदालत कामुको भरमा चलेको भन्दै बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै आएको छ । तर, प्रधानन्यायाधी नियुक्ति प्रक्रियाअघि नबढाएको भन्दै बार अध्यक्ष घिमिरेले जारी आन्दोलन एक हप्तासम्म रहने र माग पूरा नभए पुनः आन्दोलन गर्ने जानकारी दिए । 

    ‘संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर’ जस्ता लेखिएका प्लेकार्डसहित कानुन व्यवसायी प्रदर्शनमा उत्रिएका हुन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend