२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

“गैर आवासीय नेपाली तारा-२०२३” प्रतिस्पर्धीहरुको पहिलो लाइभ अडिसन उद्घाटन कार्यक्रम आज


  • शुक्रबार, मंसिर १५ २०८०
  • 18.1K
    SHARES

  • images
    “गैर आवासीय नेपाली तारा-२०२३” प्रतिस्पर्धीहरुको पहिलो लाइभ अडिसन उद्घाटन कार्यक्रम आज

    दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु गुरुङ समाज कतारले संयुक्त रुपमा आयोजना गर्न लागेको “गैर आवासीय नेपाली तारा-२०२३” मा छनौट भएका प्रतिस्पर्धीहरुको पहिलो लाइभ अडिसन तथा औपचारिक उद्घाटन कार्यक्रम सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभा हलमा शुक्रबार अर्थात आज बिहान ११ देखि हुँदैछ।

    “नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौं” भन्ने मुल नारा सहित राष्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा गायन र नृत्य दुबै बिधामा प्रतिस्पर्धा गराइने गरि गत नोभेम्बर १ देखि २९ नोभेम्बरको राती १० बजेसम्म डिजिटल अडिसन खुल्ला गरिएको थियो ।

    सोही अनुसार डिजिटल प्लेटफर्म मार्फत सहभागी भएका मध्येबाट “गैर आवासीय नेपाली तारा सिजन ४” को पहिलो लाइभ अडिसनमा गायन तर्फ ४७ र नृत्य तर्फ २१ गरि जम्मा ६८ जना प्रतिस्पर्धाको लागि छनौट भएको छन ।

    आयोजक समितिले डिजिटल अडिसनबाट ४०/४० जना पहिलो अडिसनको लागी छनौट गर्ने निर्णय गरेपनी नृत्य तर्फ त्यो संख्या पूरा नभएकोले गायन तर्फबाट ७ जना बढी छनौट गरिएको बताएका छन। मंगल बि.क, बिरेन्द्र श्रेष्ठ र गुन्जन तामाङले गायन बिधामा र भबिन तामाङ, जनक लाफा मगर र भिमप्रसाद गुरुङले नृत्य बिधामा निर्णायको भुमिका निभाउने भएका छन ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपमहासचिव प्रबिन गुरुङ अतिथि निर्णायक रहने छ्न भने दोस्रो, तेस्रो र ग्रान्ड फिनालेको स्थान र समय कार्यक्रम हुने एक हप्ता अगाडि जानकारी गराइने छ। र सिजन ४ को गायन तर्फको विजेताले १ लाख ८१ हजार र नृत्य तर्फको विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउने छन साथै उपविजेताले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन ।

    फिनाले सम्म गरि ४ चरणमा सक्ने तालिका रहेको कार्यक्रममा ग्राण्ड फिनालेमा भने सम्बन्धित बिधाका अतिथि निर्णायक सहित राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन पनि कतार आउने छ्न ।

  • सम्बन्धित विषय:

  • # नेपाल मगर संघ शाखा कतार
  • # गैरआवासीय नेपाली संघ, कतार
  • # गैर आवसीय नेपाली संघ, कतार


  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend