२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्छ–केपी ओली


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 10.7K
    SHARES

  • images
    वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्छ–केपी ओली

    काठमाडौं, १९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका छन् । एमाले काठमाडौं महानगर कमिटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था टाट पल्टिन लागेको र वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्ने दाबी गरेका हुन् । 

    हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन उल्लेख गर्दै उनले देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै देश असफल राष्ट्र बन्ने खतरा औँल्याएका हुन् । देशको अर्थतन्त्र संकटमा रहेको र  प्रचण्ड सरकार रहिरहे देश अनिवार्य टाट पल्टिने उनको भनाइ छ ।

    अबको डेढ वर्षमा  अर्थतन्त्र नसुधारे देश असफल राष्ट्र बन्ने उनको भनाइ छ । आर्थिक अभावका कारण आयातमा समेत कमी आएको बताएका ओलीले तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गएको बताएका छन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend