२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल सुपर लिगः धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 9.8K
    SHARES

  • images
    नेपाल सुपर लिगः धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा


    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा साविक उपविजेता धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हराएको थियो ।

    यस्तै, आइतबार नै भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो । बुटवल लुम्बिनी एफसीलाई विशाल श्रेष्ठले कप्तानी गरेका छन् । आज साँझ साढे पाँच बजे दुवै टोली दशरथ रंगशालामा आफ्नो दोस्रो जितको लक्ष्यमा प्रतिस्पर्धा गर्दैछन् ।पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । आयोजकले सहभागी टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend