२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री दाहालले दिए बधाई


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 8.5K
    SHARES

  • images
    नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री दाहालले दिए बधाई

     

    काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई दिएका छन् । एसीसी प्रिमियर कप उपाधि भिडन्तमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ । जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । सोही नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।

    ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिँदै प्रधानमन्त्रीले भनेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend